हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावनना
देशका केही हिमाली तथा पहाडी भू–भागमा आज आंशिक बदली रहने र उच्च हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । रातिको समयमा कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
यसैगरी, तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
बिहानको समयमा देखिन सक्ने हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यतामा भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं…
New 3 imagesप्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
नयाँ दिल्ली- भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा…
New
मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला
७ मंसिर, काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत…
Newसम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। उहाँ भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आज…
New
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी…
नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क…
Comments 0
No comments yet. Start a respectful conversation.