DigiNepal

अर्थमन्त्री डा. वाग्लेको प्रमुख आतिथ्यतामा नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न

Picture published with this update

माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूको प्रमुख आतिथ्यतामा भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ। कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री महामहिम जितिन प्रसादज्यू, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठज्यू, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा। विक्रमजित सिंह सहनीज्यू, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पाज्यू लगायत दुवै देशका उच्च अधिकारी तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेज्यूले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो। ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उहाँले यातायात र सूचना प्रविधिमा भारतले हासिल गरेको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। साथै, उहाँले भारतीय लगानीकर्ताहरूलाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादन र रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो।

​यस्तै, भारतीय राज्यमन्त्री जितिन प्रसादज्यूले पर्यटन, ऊर्जा, व्यापार र लगानी लगायतका पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा दुवै देशका व्यवसायीहरूले लगानीका सम्भावनाबारे धारणा राख्नु भएको थियो भने विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारी पत्रहरूमा समेत हस्ताक्षर भएको छ।

Images 3

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates