सुदूर पश्चिम और कर्णाली सहित पश्चिमी क्षेत्र से मानसून की वापसी, पहाड़ी इलाकों में आज बारिश हो सकती है
मशीन अनुवाद मूल देखें
मूल शीर्षक: सुदूरपश्चिम र कर्णालीसहितका पश्चिमी भूभागबाट बाहिरियो मनसुन, आज पहाडी भेगमा वर्षाको सम्भावना
काठमांडूः नेपाल में बारिश लाने वाली मुख्य मौसम प्रणाली (मानसून) देश के पश्चिमी हिस्से से पीछे हटना शुरू हो गई है। जल एवं मौसम विज्ञान विभाग के तहत मौसम...
काठमाडौँ- नेपालमा वर्षा गराउने मुख्य मौसम प्रणाली (मनसुन) देशका पश्चिमी भूभागबाट बाहिरिन सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन पूर्ण रूपमा बाहिरिएको हो। बाँकी भूभागबाट पनि यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ।
यस वर्ष नेपालमा मनसुन भित्रिने औसत मिति (जुन १३) भन्दा ६ दिन ढिला गरी असार ५ गते (जुन १९) कोसी प्रदेशबाट मनसुन प्रवेश गरेको थियो। महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख भए पनि यसपटक एक दिन ढिला गरी अक्टोबर ३ (असोज १७ गते) बाट मनसुन हट्न सुरु गरेको हो। मनसुन एकैपटक नभई पश्चिमबाट पूर्वतर्फ (कोसी प्रदेश) हुँदै क्रमश: बाहिरिने हुँदा देशभरबाट यसको प्रभाव पूर्ण रूपमा हट्न अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन्।
आजको मौसम: कहाँ कस्तो प्रभाव ?
मनसुन बाहिरिँदै गर्दा देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव पर्न थालेको छ भने पूर्वी र मध्य भागमा अझै मनसुनी वायुको आंशिक प्रभाव कायम छ। महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले कर्णाली, सुदूरपश्चिम र गण्डकी तथा लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशसहित गण्डकी र लुम्बिनीका बाँकी भूभागमा भने मनसुनी वायुको प्रभाव रहेको छ।
हाल देशका हिमाली र पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु लागेको छ।
आज दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ। यी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका भूभागमा भने आंशिक मात्र बादल लाग्नेछ।
त्यसैगरी, आज राति देशका पहाडी र तराई भेगमा साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ।
पोस्ट-मनसुनको सुरुआत
नेपालको मौसमलाई मुख्यगरी प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर (हिउँद) गरी चार भागमा वर्गीकरण गरिन्छ। मनसुन पूर्ण रूपमा बाहिरिएसँगै नेपालमा ‘पोस्ट-मनसुन’ (अक्टोबर–नोभेम्बर) सुरु हुनेछ। मौसमविद्हरूका अनुसार यो समयमा विस्तारै तापक्रम घट्दै जानेछ र डिसेम्बरदेखि फेब्रुअरीसम्म आधिकारिक रूपमा हिउँद याम सुरु हुनेछ।
Reading is open to everyone. Sign in to react, comment or save.
संबंधित अपडेट
सभी अपडेटमंत्री श्रेष्ठ ने हेटौंडा ढलकेकर 400 केवी ट्रांसमिशन लाइन का निरीक्षण किया
काठमांडू, 18 अगस्तः विद्युत, जल संसाधन एवं सिंचाई मंत्री विराज भक्त श्रेष्ठ ने हेटौंडा-ढलकेबर 400 केवी सब स्टेशन का निरीक्षण किया है। मंत्री श्रेष्ठ प्राइवेट...
भोटेकोशी बाढ़ः पुनर्निर्माण और पुनर्वास के लिए पांच अरब की मंजूरी के लिए वित्त मंत्रालय से सिफारिश करने का निर्णय
काठमांडू, 19 अगस्तः सरकार ने भोटेकोशी बाढ़ सहित ताजा मानसून बाढ़ के कारण प्रभावित क्षेत्रों में पुनर्निर्माण और पुनर्वास के लिए पांच करोड़ रुपये से अधिक की राशि जारी कर दी है।
वेत्रावती में शुरू हुआ बेलीब्रिज का निर्माण, सुबह 10 बजे से पहले होगा काम
त्रिशूली (नुवाकोट), 19 अगस्तः नुवाकोट और रसुवा को जोड़ने वाले वेत्रावती में फलखु नदी पर बेल्लीब्रिज बाढ़ से भोटेकोशी होते हुए त्रिशूली नदी में नुकसान के बाद लगाया गया है।

सशस्त्र पुलिस के एआईजी वंशीराज दहल निलंबित
गृह मंत्रालय ने सशस्त्र पुलिस के अतिरिक्त महानिरीक्षक (एआईजी) वंशिराज दहल को संवेदनशील सूचनाओं के रिसाव से संबंधित आरोपों में निलंबित कर दिया है। गृह मंत्रालय ने सोमवार को...
वेत्रावती में बेलिब्रिज कनेक्शन शुरू, सड़क नेटवर्क को रसुवा से जोड़ा
काठमांडू-रसूवा में बाढ़ के कारण क्षतिग्रस्त गलछी-वेत्रावती सड़क खंड पर अस्थायी ट्रैक खुलने से वेत्रावती में बेलीब्रिज कनेक्शन का काम शुरू हो गया है। बुनियादी ढांचे के विकास...
बेनी-जोमसोम-कोरला सड़कः मरम्मत का सिलसिला जारी
म्याग्दी, 20 अगस्तः चीन और भारत को जोड़ने वाले कालीगण्डकी गलियारे का बेनी-जोमसोम-कोरला खंड मानसून की ताजा आपदा के बाद बाढ़ और भूस्खलन से क्षतिग्रस्त...
Comments 0
No comments yet. Start a respectful conversation.