जेन्जी घाईतेहरुको उपचारको सम्बन्धमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अनुरोध ।
२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार नेपाल सरकारको निर्णय अनुरूप देशभरका अस्पतालहरूबाट उपलब्ध हुँदै आएको छ। घाइते भएका नागरिकहरूको निःशुल्क, सहज र गुणस्तरीय स्वास्थ्य उपचार सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था मिलाएको छ ।
घाइतेहरूको उपचारलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउन सरकारले यसअघि प्रचलनमा रहेको उपचारसम्बन्धी कार्यविधिलाई समेत परिमार्जन तथा संशोधन गरिसकेको छ। संशोधित कार्यविधिअनुसार घाइतेहरूको उपचारमा लाग्ने खर्च सम्बन्धित अस्पताललाई शोधभर्ना उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको छ। यस व्यवस्थाअनुसार देशभरका अस्पतालहरूमा उपचाररत जेन्जी आन्दोलनका घाइतेहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चित गरिएको छ।
हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत घाइतेहरूको उपचार समेत निःशुल्क हुने व्यवस्था मिलाइएको छ।घाइतेहरूको स्वास्थ्य अवस्था अनुसार आवश्यक उपचार, थप उपचार तथा फलोअप सेवालाई समेत प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको छ।
उपचारका क्रममा कुनै समस्या, अन्योल वा थप सहजीकरण आवश्यक परेमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निशुल्क हटलाईन नं. १११५ वा मन्त्रालय अन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (HEOC) (mohp.gov.np) मा सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesविश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को संयुक्त शुभकामना सन्देश ।
New 1 image
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङका लागि अभिमुखीकरण…
3 imagesनिःशुल्क स्वास्थ्य पोर्टल
नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित…

रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२९ गते)
1 image
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
गोरखा-बुढीगण्डकी आकस्मिक बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)
1 image
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/२८ गते)
1 image
Comments 0
No comments yet. Start a respectful conversation.