पृथ्वीनारायण क्याम्पसलाई स्वायत्ततासहित उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्ने तयारी
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्दै गण्डकी प्रदेशस्थित आङ्गिक क्याम्पस पृथ्वीनारायण (पीएन) क्याम्पस, पोखरालाई स्वायत्ततासहित उपाधि (डिग्री) प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरेको आफ्नो तीन महिने कार्यप्रगति विवरण पेस गर्दै प्रक्रिया अघि बढाइएको जनाएको हो।
राष्ट्रिय शिक्षा नीति, २०७६ को उच्च शिक्षा खण्डको प्रकरण १०.१४.६ मा त्रिभुवन विश्वविद्यालयको ठूलो आकार र विद्यार्थी सङ्ख्याका कारण व्यवस्थापन, अनुगमन तथा परीक्षा प्रणालीमा चुस्तता र गुणस्तर कायम गर्न विश्वविद्यालयको पुनर्संरचना गर्ने नीति उल्लेख छ।
सोही नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना र दृष्टिकोणअनुसार पीएन क्याम्पसलाई स्वायत्त संस्था बनाउने गृहकार्य थालिएको हो।
आयोगका अध्यक्ष प्रा.डा. खड्क बहादुर के.सी. का अनुसार यस रूपान्तरण प्रक्रियामा शैक्षिक तथा प्रशासनिक सेवा प्रवाहलाई विकेन्द्रीकरण गर्ने, पाठ्यक्रम विकासमा संस्थागत स्वायत्तता अभिवृद्धि गर्ने तथा परीक्षा र नतिजा प्रकाशन प्रणालीलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
विश्वविद्यालय अनुदान आयोगले शिक्षा तथा खेलकुद मन्त्रालयमा बुझाएको प्रगति विवरणमा भनेको छ, “अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक पूर्वाधार, जनशक्ति, आर्थिक स्रोत, प्रशासनिक संरचना तथा कानुनी व्यवस्थाको मूल्याङ्कन गरी कार्ययोजना तयार गर्ने र कार्यान्वयनमा लैजाने प्रक्रिया अगाडि बढिसकेको छ।"
पीएन क्याम्पस उपाधि प्रदान गर्ने स्वायत्त संस्थामा रूपान्तरण भएसँगै गण्डकी प्रदेशको उच्च शिक्षाको गुणस्तर सुधार र प्रशासनिक विकेन्द्रीकरणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
अनाधिकृत रूपमा बिदामा बस्ने र कार्यालयमा अनुपस्थित रहने ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त
काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने तथा पूर्वस्वीकृतिबिना बिदामा बस्ने सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयको २०८३…
Newप्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
काठमाडौँ, २ मङ्सिरः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका…
Newमन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत
काठमाडौँ, २ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो…
New
नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा
काठमाडौँ, २ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।…
Newटेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ, : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ…
Newस-साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि: विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र
काठमाडौँ- शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स-साना प्रशासनिक कामका लागि पनि…
New
Comments 0
No comments yet. Start a respectful conversation.