तराई र उपत्यकामा हुस्सु तथा तुवाँलो, हिमाली भेगमा आंशिक बदली
काठमाडौँ, मंसिर ४
देशमा हाल पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा आंशिक बदली रहेको छ । यता तराईका विभिन्न क्षेत्र, उपत्यका तथा खोँचहरूमा भने हुस्सु र तुवाँलो लागेको छ, जसले बिहानको समयमा दैनिक जनजीवन तथा यात्रामा सामान्य प्रभाव पार्न सक्ने देखिएको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । भोलि बिहानपख तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा पुनः हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesस-साना काममा केन्द्र धाउने झन्झट हटाउँदै त्रिवि: विकेन्द्रीकरण विस्तारको गृहकार्य तीव्र
काठमाडौँ- शैक्षिक गुणस्तर उकास्न र प्रशासनिक सेवालाई चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको नीतिलाई थप विस्तार गर्ने भएको छ । स-साना प्रशासनिक कामका लागि पनि…
Newटेलिफोन सुविधाको पहुँचबाट वञ्चित हुने अवस्था अन्त्य हुन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौँ, : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ…
New
नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा
काठमाडौँ, २ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।…
Newदशौँ राष्ट्रिय खेलकुदमा ऐतिहासिक निर्णय : रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कार
काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कास्य पदक विजेता खेलाडीहरूलाई समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। राष्ट्रिय…
Newसुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड पाँच लाख सहयोग गरेको छ…
New
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गर्नुभएको छ । बैंककमा आयोजित एएफसी…
New 4 images
Comments 0
No comments yet. Start a respectful conversation.