नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा

काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४० परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्। नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले उक्त परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ। स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।
लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ।त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesनेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क…
New
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन, आजैदेखि कार्य प्रारम्भ
काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा…
Newबाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
काठमाडौँ, ४ मङ्सिर : नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत वितरण तथा पुनःस्थापनाको…
New
जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…
New
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले…
New
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गर्नुभएको छ । बैंककमा आयोजित एएफसी…
New 4 images
Comments 0
No comments yet. Start a respectful conversation.