नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
काठमाडौँ, ४ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा गुणस्तरमा सुधार हुन नसकेको बारे मन्त्रालयमा गुनासो आउने गरेको उल्लेख गर्नुहुँदै नेटवर्क समस्याको वास्तविक कारण पहिचान गरी समाधान गर्न निर्देशन दिनुभएको छ ।
उहाँले दुर्गम क्षेत्र मात्र नभई सहरी क्षेत्रमा समेत नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सेवाको गुणस्तर कमजोर हुनुको कारण स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताउनुभयो । नेटवर्कमा समस्या किन भइरहेको छ, कुन टावरले कति क्षेत्रसम्म प्रभावकारी सेवा दिन सक्छ र सबै टावर पूर्ण क्षमतामा सञ्चालन भइरहेका छन् वा छैनन् भन्ने विषयमा तथ्याङ्कसहित जानकारी दिन उहाँले टेलिकमलाई निर्देशन दिनुभयो ।
टावरको क्षमता विस्तार र सेवा सुधारका लागि पर्याप्त लगानी गरिएको अवस्थामा पनि गुणस्तर कमजोर रहनु स्वीकार्य नहुने सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो । सेवा सुधारका लागि सरकारले आवश्यक सहयोग गर्न तयार रहेको तर सुधारका काम प्रभावकारी रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
देशभर नेटवर्क विस्तार भइरहेको भए पनि विभिन्न स्थानमा सेवा अवरुद्ध हुने, फोन नलाग्ने र इन्टरनेट नचल्ने समस्या रहेको गुनासो आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल टेलिकमले देशभर करिब पाँच हजार टावरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । सेवा गुणस्तर सुधार र पहुँच विस्तारका लागि चालु आर्थिक वर्षमा थप एक हजार टावर स्थापना गर्ने गरी खरिद प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, गत वर्ष मात्रै टावरहरुमा दुई हजार आठ सयभन्दा बढी नयाँ ब्याट्री थप गरिएको र विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि टावर सञ्चालनमा राख्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा सहरी क्षेत्रमा टावरहरू चारदेखि पाँच घण्टासम्म र दुर्गम क्षेत्रमा आठदेखि १० घण्टासम्म सञ्चालन हुन सक्ने व्यवस्था मिलाइएको टेलिकमको दावी छ ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाल टेलिकमले सबै क्षेत्रमा सेवा गुणस्तर राम्रो रहेको दाबी गरे पनि नेटवर्कमा समस्या रहेको गुनासो दिनहुँ मन्त्रालयसम्म आइरहेको बताउनुभयो । सेवाको वास्तविक अवस्था लुकाउनुभन्दा समस्या स्वीकार गरेर सुधारका लागि के गर्नुपर्छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने उहाँले जोड दिनुभयो । “सबैतिर गुणस्तर ठीक छ भनिएको छ, तर नेटवर्कमा समस्या छ भन्ने गुनासो मन्त्रालयमा आइरहेको छ । समस्या के हो, सुधारका लागि के गर्नुपर्छ, त्यो स्पष्ट भन्नुपर्छ ।,” उहाँले भन्नुभयो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले सेवा गुणस्तर सुधारका लागि टेलिकम प्रतिबद्ध रहेको बताउनुभयो । पुराना टावरमा सेवा सुधार गर्ने र नयाँ टावर थप्ने कामबाट नेटवर्कको पहुँच तथा गुणस्तर सुधार भइरहेको उहाँले जानकारी दिनुभयो । टेलिकमले टावरहरूको सेवा गुणस्तर परीक्षण नियमित रूपमा गरिरहेको र नेटवर्कसम्बन्धी समस्या समाधानमा काम भइरहेको उहाँको भनाइ थियो ।
नेटवर्क समस्या विद्युत् आपूर्ति अवरुद्ध हुँदा अझ बढी देखिने गरेको नेपाल टेलिकमले जनाएको छ । विद्युत् आपूर्ति प्रभावित हुँदा मोबाइल टावरमा समेत असर पर्ने भएकाले फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने गरेको टेलिकमको भनाइ छ ।
छलफलमा प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा
काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी…
New
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृह मन्त्रालयद्वारा विशेष कार्यदल गठन, आजैदेखि कार्य प्रारम्भ
काठमाडौँ। वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा…
Newबाढीपीडितलाई राहत वितरण र पुनस्र्थापनाको काममा तीव्रता दिन सञ्चारमन्त्री डा तिमिल्सिनाको आग्रह
काठमाडौँ, ४ मङ्सिर : नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत वितरण तथा पुनःस्थापनाको…
New
जलवायु सङ्कट न्यूनीकरण र हिमाल–महासागर संरक्षणमा नेपाल र भानुआटुबीच सहकार्य गर्ने सहमति
नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता…
New
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना
काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताले…
New
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गर्नुभएको छ । बैंककमा आयोजित एएफसी…
New 4 images
Comments 0
No comments yet. Start a respectful conversation.