DigiNepal
रामग्राम नगरपालिका
Raj1019 · CC0

रामग्राम नगरपालिका

Ramgram Municipality

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रामग्राम नगरपालिका नेपालको लुम्बिनी प्रदेशको नवलपरासी मा पर्ने एक नगरपालिका हो। तत्कालिन नवलपरासी जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनेपछि नवलपरासी को सदरमुकाम रहेको परासी बजार यसै नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। तत्कालिन नवलपरासी जिल्लामा रहेका तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यस नगरपालिका क्षेत्रमा ऐतिहासिक बुद्धकालीन रामग्राम स्तूप रहेको छ जसलाई युनेस्कोले सन् १९९६ मा आफ्नो सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।यो १८ वटा वडामा विभाजित छ। रामग्राम नगरपालिकाको पूर्वमा सरावल गाउँपालिका, त्यस्तै यसको पश्चिममा रुपन्देही जिल्ला, उतरमा सुनवल नगरपालिका तथा दक्षिणमा पाल्हीनन्दन गाउँपालिका रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका नगरपालिकाहरू wd
आधिकारिक वेबसाइट
ramgrammun.gov.np wd
निर्देशाङ्क
27.5333° N, 83.6667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ramgram Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामग्राम नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q1711612 · CC0 1.0
  4. Image: Parasi budha chowk.jpg by Raj1019 (CC0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामग्राम नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ramgram-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामग्राम नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Parasi budha chowk.jpg — Raj1019, CC0.

← ठाउँहरू