DigiNepal
कमलामाई नगरपालिका
Coolsan71 · CC BY-SA 4.0

कमलामाई नगरपालिका

Kamalamai

सिन्धुली जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कमलामाई नेपालको बागमती प्रदेशमा पर्ने सिन्धुली जिल्लाको एक नगरपालिका हो। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। सिन्धुली जिल्लामा रहेका तत्कालिन सिद्धेश्वर र भिमान गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। कमला उपत्यकाभित्र पर्ने यो नगरपालिकामा सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ७१,०१६ रहेको छ।कमलामाई नगरपालिकाको पूर्वमा तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिका र दुधौली नगरपालिका त्यसतै यसको पश्चिममा मरिण गाउँपालिका र सर्लाही जिल्ला, उतरमा सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिका तथा दक्षिणमा धनुषा जिल्ला र महोत्तरी जिल्ला रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सिन्धुली जिल्ला (district of Nepal) › बागमती प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.2103° N, 85.9122° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Kamalamai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कमलामाई नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q2477040 · CC0 1.0
  4. Image: Sindhulimadhi 2020.jpg by Coolsan71 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कमलामाई नगरपालिका". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/kamalamai?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमलामाई नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Sindhulimadhi 2020.jpg — Coolsan71, CC BY-SA 4.0.

← ठाउँहरू