वुदुम चन्पो
Langdarma
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
वुदुम चन्पो वा लङ्दरमा तिब्बती साम्राज्यको सबैभन्दा अन्तिम सम्राट थिए। कयौं तिब्बती इतिहासकारहरूले आफ्नो लेखमा वुदुम चन्पोलाई बौद्ध विरोधी मानिंदै लाङ्दरमा नामले निन्दनीयरूपमा उल्लेख गरिएको छन् जुन उपनाम सन् ११९२ भन्दा पहिले लेखेको प्राचीन तिब्बती इतिहासमा पईन्दैनन्। सम्राट वुदुम चन्पोको जन्म तिब्बती संवत् काठ-भेडा साल अथवा भौतिक सन् ८१५ मा चालीसौं तिब्बती सम्राट पिता ठ्रीदे स्रोङचन र माता ड्रोजा ल्हाग्यल माङ्पोजेको पुत्रमा तिब्बतको वोनजङदो भन्ने स्थानमा जन्म भएको थियो। वुदुम चन्पो सम्राट ठ्री रल्पचन अथवा ठ्रीचुग देचनको भाइ थिए, सन् ८४१ मा आफ्नो दाई ठ्री रल्पचनको हत्या पश्चात् राज्यारोहण गरिएको थियो जुन समयमा प्रधानमन्त्रीको पदमा ड्रोठ्री सुम्जे तागनाङ र गृहमन्त्री वस्ग्याल तागनाङ तोरेलाई राखिए, तर राज्यारोहणको एक साल पछि अर्थात् सन् ८४२ मा ल्हालुङ पल्ग्यी दोर्जेबाट वुदुम चन्पोको हत्या भएपछि राजकुमार ङदाग वोद्स्रुङ र ठ्रीदे युम्चन नमिलेको कारण तिब्बती साम्राज्यलाई दुई भागमा विभाजन गरी शासन चलाएको थियो। त्यसपछि सक्याको शासनकाल सम्म तिब्बतले एक खण्डित राज्यको रूप लिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- tsenpo (0838–0842)
स्रोतहरू
- Wikipedia (English): Langdarma · CC BY-SA 4.0
- Wikipedia (Nepali): वुदुम चन्पो · CC BY-SA 4.0
- Wikidata item Q558271 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"वुदुम चन्पो". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/people/langdarma?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
ठ्रीस्रोङ देउचन
ञठ्री चन्पो